कोरोना कहर – शिव ओम अधिकारी

May 21, 2020   Filed under Blog >>>> Please Subscribe our Youtube Channel

शिव ओम अधिकारी |
जिवन सामान्य चल्दै थियो । समृद्धिको नाराले केहि भए पनि मनमा आसा जगाएकोनै थियो त्यस पछि सुखि नेपालीको फेरियको मुहार कस्तो हुन्थ्यो होला ? मनमा अनेकौ कुराहरु खेलिरहन्छन । विगतका अनुभवहरु असाध्यै पिडा दायक थिय म ति दिनहरु आज सम्झन पनि चाहान्न । सामान्य घर परिवारको पिडा त्यो डाडामा बसेर मैले देखेको छु जुन खरको छानाबाट धुवा बनेर मडारिदै आकाश तिर विलिन भएर जान्छ । भविष्य के हो ? कसरी सुरुहुन्छ मसंग त्यसको उत्तर थिएन । कामको खोजिमा विदेशीदा गाउमा थोरै भएको खेत बारी पनि बाजै बस्ने भएता पनि भोलिका सुनौला सपनाले मन दर्हो बनायर निर्णय लिए अनि पासपोर्ट च्यापी लागे सहर तिर । म गरिबबाट पनि लुटन जान्ने चतुर शहर रहेछ यो !! धेरै त मसंग के नै थियो र मसंगबाट लुटनलाई तै पनि ऋणकाडेर चर्को व्याजमा लिएका पैसाले मलाई कहाँ पुर्याउने हो अव भोलिका दिनले बताउला । सायद गरिवको ऋण लिएको पैसा छुटिदो हो त कति लुटिनबाट जोगिन्थेहोला , तर मैले देखेको शहर त त्यसरीनै पो बाचेको रहेछ । हरेक दिनका ठक्कर र झट्काले व्युजाउन थाल्यो के ठिक के बेठिक मैले धेरै सोच्नै सकिन । केहि मेरा बाल्यशखाहरु पनि २२० पल्सर चडेर दशैमा गाउमा आउदा मैले शहरलाई गरिव पाल्ने सहारा ठानेको थिएँ जस्ले गरिबी हटाउछ भन्ने बुझको थिय, भने अर्को तिर त्यहि मेरो गाउमा धेरै विदेश किन गएकाहोलान ? भनेर पनि मनमा प्रश्नहरु उब्जन्थे । मेरो मन स्थीर बन्नै सकेको थियन रिणले दिन प्रति दिन मलाई थिचिरहेको थियो भने यता पैसा घटदै गएको र समय वित्तै गईरहेको थियो । म एक जाना साथिको डेरामा शरण लिएर बसेको थिए । विदेशीनलाई मैले पैसा मात्र भए पुग्छ होला भनेर केहि पैसा जोहजाम गरि घरबाट विदाई भएको झण र मेरी आमाले मलाई भारी मनबलाएर फाटेको गुन्युले आशु पुछेको मैले पर बाट देखेको थिय र म त्यो हेर्न नसकि गाउ घरलाई फर्केर पनि हेर्दै नहेरी शहर पस्दाको क्षणले यदि धेरै आत्मग्लानी भइरहेको छ । मेरा सामु अव कुनै विकल्प छैनन गरिब हुनुको पिडा सायद मैले गाउमा यति महसुस गरेको भए मैले यो निर्णयनै लिन सक्थेहोला । अनेकौ संघर्षलाई टेकेर मैले बुनेका सपनाहरुले मलाई हरेक विहान आसाको किरण जगाउदै एउटा छुटै उर्जा प्रदान हुन्थ्यो । मसंग भिषा कुर्नु भन्दा अरु केहि काम थिएन । दैनिकको सामान्य खर्च पनी धान्ने क्षमता थियन मसंग १५ दिनमा उडने भनेर आएको पनि १ महिना वितिसकेको थियो । याता त्यतिकै बस्नु भन्दा केहि दिन आमालाई सघाउन गाउ फर्किन मन लाग्थ्यो फेरि गाउलेले के भन्नेहुन कतिलाई के जवाफ दिनु भनेर गाउ फर्कन पनि सकिन । मलै साथिमार्फत उसको चिनजानको म्यानपावरमा पासपोर्ट र पैसा दिएको थिय । मलाई थाहा थिएन म जाने ठाउँको बारेमा तर म एउटा मजदुरको रुपमा त्याहा जादै थिय यत्ति सोचेको थिए गाउ घरमा हलो,कोदालो गरी भारी बोकेको अनुभले जस्तो काम पनि गर्न सक्छु भन्ने ठूलो आत्मा विश्वासले मन बुझाएर एक्ली आमालाई दुई झाक मिठो खान दिई शुःख दिउला भन्ने नै मेरो ठूलो सपना थियो । न ढाटी भन्ने हो भने मैले सपना देख्नै जानेको थिइन यी सबै मेरा वाध्यता थिए ।

द्धन्दकालमा मैले मेरो बुवा गुमाएको थिए मेरो बाल्यकाल मैले गाउमा अनेक प्रकारका हेपहा प्रवृतिको सामना गर्नु परेको थियो कारण मेरो बुवा अलिक अन्याय नसहने स्वभावको हुनुहुन्थ्यो रे अन्याय सहन सक्नु भएको भए आज मेरो बुवाले ज्यान गुमानु पर्ने थियन होला । म सधै सोध्ने गर्दथे आमालाई आमा हाम्रो बुवा किन हामीलाई छाडेर जानु भएको ? एक दिन आमाले मकै छोडाउदै त्यो जुनेली रातमा पिढीमा बसेर मलाई सुनाउनु भएको थियो बाबु तिम्रो बुवाले हामीलाई छाडेर जानु भएको छैन उहा त भगवानले बोलाएर भगवानको सेवा गर्न जानु भएको छ । कुरा बंगाउदै भक्कानियर आमाका आसु मेरो अनुहारमा चुहिदाको क्षण मैले कहिले विर्सियको छैन । एकल महिलाहुनुको पिडामा पनि मेरी आमाले आफ्नो दुःखलाई शक्तिमा बदलेर दिन रात बाच्नका लागि जिवन संघर्स गरेको मैले देखेको छु । आमाको दुःखनै मेरा जिवनका मार्गदर्शन हुन जस्तो लाग्छ मलाई । मेरो बुवा सामान्य कृषक हुनुहुन्थ्यो । विद्राहीहरुले मुक्तिका लागि जंगल पस्नलाई बारम्बार दवाव दिएका थिय रे तर उहा मान्नु भएको थिएन त्यहि कुरालाई कसैले गलत कुरा राज्य पक्षलाई सुराकी गरेकै कारण मेरा बुवालाई केहि व्यक्तिले जिल्लामा विउको लागी जानका लागी लगेको र जंगलमा हत्याभएको थियो रे म सानै भएका कारण मलाई केहि पनि याद छैन । उक्त घटना विद्रोहि पक्षले गरेको होकि राज्य पक्षले अहिले पनि त्यो रहस्यमय नै भएको छ । मलाई याद छ ६२/६३ को जनआन्दोलनमा हामीलाई पनि गाउबाट शहरमा बसमा अटि नअटि लगेको ताजै यादमा छ यसरी विना पैसा शहर धुम्न पाउनु कापछाडि पुरै बाटो छेक्ने गरि थरि थरिका झण्डा रुखका हाँगा बोकि प्रहरीसंगको भिडन्तगरेको १९ दिनको शहर बसेको र सासन सत्ता नै परिवर्तन गराएर गाउ फर्किएको मैले कहिल्यै विर्सीएको छैन । विच विचमा चुनवमा पनि अनेक परिवर्तनका सपना हामी जस्ता सोझा साझा जनतालाई देखाएर गाउका नेताहरु आउने गरेकै थिए । तर चुनाव सकिय पछि शहरले नेता ज्युहरुलाई फुर्शद नै दिनै रहेछ कि क्या हो मैले बुझ्नै सकिन । गाउमा पहिलेको तुलनामा केहि परिवर्तन त भएकै छ मेरो घर माथि बाटै सुमो र केहि ढुवानीका मोटर हरु गुडेकाछन विजुली बत्ति पुगेको छ । अरु विकाश भनेको खास्सै भएको छैन । किसानले भोग्नु पर्ने समस्या ज्युका त्यु नै छन ।

साथीको चिनेको म्यानपावर भएको कारण पनि त्याहाबाट मलाई सहयोग नै भएको थियो । मेरो अवस्था र विगतको बारेमा सुनेर एक दिन त्यो म्यानपावरले मेरोलागी हाम्रो क्षेत्रको एक जना नेता ज्युसंग भेटाएर केहि सरकारी कोटा भए राहतमा निशुल्क पठाउन सकिन्छ कि भनेर मलाई लिएर सिंहदरबार जानु भयो । तर नेता ज्यू असाध्य व्यस्त भएका कारण त्यतिबेला मेरा समस्या पुरा न सुनिकन कतै मिटिङ्गका लागि निस्कनु भएको मलाई याद छ । मलाई लाग्थ्यो आफ्नो ठाउको मतदाता समस्यामा पर्दा नेताले अविभावक बनेर मलाई सहयोग हुन्छ होला । उहा आज बसेको कुर्सीको लागी हामी जस्ता जनताको नै योगदानको फल हो । याहा त शहर ले जनता लुटने नेताले देश अनि मेरा समस्या सुन्नलाई म जनता भएर हैन पार्टिको सदस्यता परिचय पत्र देखाउने ले मात्र सहयोग पाउने रहेछन भन्ने आभास भए पछि मैल सरकारबाट हामी जस्ता युवालाई प्रोत्साहित गर्ने कुनै ठाउ देखिएन । जिवनमा दुःखीहुनु र निसारा मेरालागी कुनै नौलो कुरा थियन ।

मेरो भिषा लगभग आईसकेको अवस्थामा चिनबाट फैलिएको कोरोना विश्व लगाएत नेपालमा पनि फैलिएको कुरा समाचारमा आयो । एकाएक परिस्थीतीले अर्कै मोड लिन थाल्यो विदेशमा रहेका नेपालीहरु धमाधम नेपाल फर्कन थाले । मजाने भनेको कम्पनिले पनि विदेशबाट कुनै विदेशिलाई आफ्नो देश भित्रीन रोक लागाएको खवर सुन्नमा आयो म झागा बाट खसे जस्तै भए । हुदा हुुदै नेपालमा लकडाउनको घोषणा भयो । मेरो पैसा फिर्ता हुने प्रकियाको लागी फेरी मैले पहल गर्नु पर्ने भयो । शहरमा महामारी कोराना भाइरसको हल्ला फैलिए पछि सवै गाउमा जाने यता सुरक्षित छैन भनेर शहर छोडन थाले । मलाई कस्तो धर्मसंकट आईलाग्यो अव कसरी गाउ फर्कनु ? आमालाई के भन्नु मेरा सपना चकनाचुर भएको महसुस भयको छ । साथीले मेरो जिम्मा मा कोठा छोडेर गाउँ फर्कियो अहिले मसंग पैसा पनि छैन नजिकै कसैले खाना दिन्छ कि भन्ने आसमा दिन विति रहेको छ । कति दिन त भोकै पनि बस्नु परेको छ । त्यो मनकारी म्यानपावरबाट केहि सेवा खर्च कटायर लकडाउनको ४० औ दिनमा पैसा फिर्ता आयो । अव जसरी भए पनि गाउ फकर्नु मेरो लागी महत्वपूर्ण थियो ऋण मध्यको आधा पैसा सकियो आधा भएपनि साहुलाइ पैसा फिर्ता दिएर आधा गाउमै केहि गरेर तिर्नु पर्ने वाध्यता बाहेक मसंग अरु केही उपाय मेरा सामु बाँकि थिएनन । यता शहरमा बस्न सक्ने स्थीतिनै थिएन् उता शहरबाट आवात जावतमै प्रतिबन्ध लगाएको अवस्थामा जोखिम मोलेर मैलै मध्य राति हिडेर गाउ फर्कने बाहेक कुनै अर्को विकल्प थिएन । ५ दिनको पैदल यात्र तय गरेर म गाउत पुगे तर क्वारेन्टाइन भनेर स्कुलको कोठामा कैदी बन्दी जस्तै गरि आज १० औ दिन एउटै कोठामा तिन जना कुनै सुविधा विना बस्नु परेको छ । भगवानको कृपा भयो भने बाचियला नत्र याहाबाट बाचेर आमालाइ भेटनु पनि अव जिवनको अर्को नया चुनौति नै भएको छ । मलाई याद छ मेरो गाउमा को हि विमारी हुदा स्वास्थ्य चौकिमा सिटामुल पनि पाईदैन थ्यो त्यसका लागी जिल्लानै पुग्नु पर्थ्यो भने यो कोरोना मलाई लागि हाल्यो भने पनि पक्का छ म मेरी आमालाई भेटना पाउने छैन । उपचार हुने त कुरै भएन अहिले क्वारेनटाइनमा बस्दा त कोहि नजिक आउन डराउछन भने कदम कदाचित मलाई कोरोना भयो भने बाच्ने आसा मैले मारी सकेको छु । मजस्ता कयौ युवाहरु यस्तै परिस्थीतिबाट गुज्रिएका होलान ? यो प्रश्नको उत्तर मसंग छैन । मैले देखेका सपना आज कोरोना कहर संगै धुमिल भएर गएका छन् ।

( यो लेखियको लेख मनोवैज्ञानीक एवं समसामयीक घटनामा आधारित काल्पनिक घटना हो यदि कसैको बास्तबिक जिवनसंग मेलखान गएमा त्यो केवल संयोग मात्र हुने छ ।)

शिव ओम अधिकारी
(विगत १९ वर्ष देखी निरन्तर संचार क्षेत्रमै कार्यरत ब्यक्तित्व )