३ महिने लकडाउन थेगेका जनता “सटडाउन” शब्द प्रति अन्यौल

August 8, 2020   Filed under Blog >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई |
कोरोना कहर सबैतिर ब्याप्त रहेकै बेला शुक्रबार काठमाण्डौ उपत्यकाका सिडिओहरुको बैठकले एउटा निष्कर्ष निकाल्यो उपत्यका भित्र शेवामा १५ दिन “सटडाउन” । जनताले लकडाउन सुनी ३ महिना भोगेका पनी थिए तर यो “सटडाउन” शब्द भने उनीहरुका निम्ति नयाँ र नौलो थियो । शुक्रबार दिनभरी एका थरी सटडाउनको परिभाषा गुगलमा सर्च गर्न थाले भने आर्को थरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सूचना भएको ले कर्फ्यू होला भन्न समेत भ्याए ।

तर समय बित्दै गएपछि नागरिकले पनी सूचना जानकारी पाए र सटडाउन सूचनाले सबै शहर बन्द गर्ने होइन भनेर । संक्रमण न्यूनिकरणका लागी स्थानिय प्रशासनले कानुनको केही धारा प्रयोग गरेेर संक्रमित भएको स्थान भने सिल गर्न सक्ने छ ।

राजधानी काठमाण्डौ उपत्यकामा २ अंक कटेर ३ अंकमा संक्रमित भेटिएको दिननै “सटडाउन” भनेको फेरी डरलाग्दो लकडाउन हो कडा लकडाउन हो भनेर बुझेर गाँउ फर्कन पनी भ्याए जनता । दिनभरी को अर्थाइ पछि बल्ल जनताले बुझ्न थाले स्थानिय प्रशासनले सटडाउन भन्ने शब्द राखी जारी गरेको सूचना त जिल्ला प्रशासन कार्यालयले दिदै आएको सेवा कटौती गरेक अत्याबस्यक तिन कार्य मात्र गर्ने भन्ने रहेछ भनेर । शुक्रबार सूचना प्रकासित गरी केन्द्रिय राजधानी काठमाण्डौ उपत्यका भित्रका ३ जिल्लाको जिल्ला प्रशासन कार्यालयले “सटडाउन” गरी शेवा निर्धारण गरेका छन् ।

“सटडाउन” शब्द राखी जारि गरिएको सूचनाका आधार मान्ने हो भने कोरोना संक्रमण न्यूनिकरण का लागी जिल्ला प्रशासन कार्यालयले निम्न शेवाहरुलाई निरन्तरता दिएको छ : शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मु्द्दा सम्बन्धि कार्य, अत्याबश्यक कामको लागि सवारी पास सम्बन्धी कार्य र बिपद् ब्यबस्थापन सम्बन्धी कार्य त्यसै गरी यस अघि शेवा दिदै आएको तर संक्रमण न्यूनिकरणका लागी हाललाई स्थगित गरेको सेवाहरुमा नयाँ नेपाली नागरिकता बितरण, नागरिकता प्रतिलिपि बितरण, हातहतियार दर्ता / नबिकरण, संस्था दर्ता / पत्रपत्रिका दर्ता साथै नबिकरण सम्बन्धी कार्य, निजी सुरक्षा कम्पनी नबिकरण, राहदानी बितरण, नाबालिग परिचयपत्र बितरण र अन्य अत्याबस्क नभएका सेवाहरु हाल लाई स्थगित गरेको छ ।