डा.गोबिन्द केसी लाई कोरोना संक्रमण पुष्टी, सम्पूर्ण उपचार खर्च सरकारले गर्ने

November 14, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

शुक्रबार स्वास-प्रस्वासमा केही असजिलो महसूस गरिए पछि गरिएको पिसिआर परिक्षणमा डा.गोबिन्द केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनका सहयोगीका अनुसार उनमा ज्वरो, स्वासप्रस्वास असजिलो जस्ता कोरोनाका लक्षण मिल्दो जिल्दो समस्या देखिए पछि पिसिआर परिक्षण गरिएको थियो ।

हाल उनको त्रिबि शिक्षण अस्पतालमा उपचार भई रहेको छ । डा केसी लाई कोरोना संक्रमण पुष्टी भए पछि प्रधानमन्त्री केपी ओली ले ट्वीट मार्फत डा केसीको उपचार खर्च सरकारले ब्यहोर्ने जनाएका छन् । ट्वीट मार्फत प्रधानमन्त्रीले डा.केसी को शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।