म मेरो उपचार खर्च आफै गर्छु सरकारले जनताको गरोस् – डा. गविन्द केसी

November 14, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका डा.गोबिन्द केसी को उपचार खर्च सरकारले ब्यहोर्ने ब्यहोराको ट्वीट प्रधानमन्त्री ओलीले गरेका प्रति सरकारलाई धन्यबाद दिदै डा केसी ले आफ्नो उपचार खर्च आफै ब्यहोर्ने जनाएका छन् । बिज्ञप्ति जारी गर्दै डा केसीले आफ्नो उपचार खर्च आफूले ब्यहोर्ने तर सरकारले नागरिकको उपचार ब्यबस्था मिलाओस् भनी माग राखेका छन् ।

बिज्ञप्तिमा उनले नेपालका दूरदराजका नागरिकको स्वास्थ्य उपचार ब्यबस्था ग्यारेन्टी सरकारले गरोस् भन्ने माग समेत गरेका छन् ।

डा. केसीको विज्ञप्ति को पूर्ण पाठ यस प्रकारको रहेको छ :

म कोभिड (१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।
कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।
हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।
तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।

डा गोविन्द केसी
२०७७/०७/२९
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज ।