ओ मेयर साहेव “लकडाउन” नै अन्तिम उपाय होइन ?

November 15, 2020   Filed under ब्लग / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, काठमाण्डौ ।
सरकारले जारी गरेको निर्देशन पालना गर्दै बिश्वमहामारी कोरोना बाट बँच्दै आएको नागरिक थिए तर कार्तिक महिनामा मलाई साथै मेरो घर परिबारमा श्रीमती अनि दुई छोरा-छोरीलाई समेत यसले छोडेन । हामीले कोरोनालाई परास्त त गर्यौ तर मनमा डर,शंका,चिन्ता बोकेर बाहिर निस्कियौ । नेपालीहरुको चाड दशैं,तिहार,छठ जस्ताका कारण मान्छेहरु आवत जावतमा कडाई नगर्दा र परिक्षण ब्यापक नगर्दा यो संक्रमण काठमाण्डौ उपत्यका भित्र जनस्तरमै पुगेको छ । सरकारको अकरमण्यता र महामारीमा जनता जोगाउने भन्दा पनी झण्डै दुई तिहाईले बिजय हाँसील गरेको नेकपा सरकार आफ्नो पद र कुर्सी जोगाउन तिरै बढी ब्यस्त देखियो । हचुवाको भरमा निर्णय गर्ने र जनताको बिरोध पछि आफ्नै निर्णय खारेज गर्दै पछि हट्ने जस्ता रमिता देखाएर सरकार बस्यो ।

कहिले कोरोना संक्रमितलाई सरकारले उपचार गर्न सक्दैन भन्दै हात उचाल्थ्यो भने कहिले सर्बोच्चको आदेश पछि फेरी उपचार सरकारले गर्छ भन्दै अघि सरे झै गर्दथ्यो । सरकारी कर्मचारीहरुको बोली र ब्यबहारले जनता आजित बनेका छन् । ठाडो र रुखो ब्यबहारले संक्रमितको मन कुडिएको छ सरकार को लाचारी पन देखेर । दशैं-तिहार-छठ सकिदै गर्दा फेरी उपत्यकाका मेयरहरुले संक्रमण न्यूनिकरण समिती समक्ष ३ हप्ताको कडा लकडाउनको माग गरेछन् । मेयर साहेबहरुले खाली बुझेछन् जस्तो छ कन्ट्र्याक्ट ट्रेसिंग रोक्दा संक्रमण न्यूनिकरण हुन्छ भनेर तर म संक्रमित भन्छु होइन मेयर साहेब पिसिआर जाँचको संख्या बढाएर संक्रण न्यूनिकरण गर्न सकिन्छ । सिटामोल र एक दुईदिन घरमा बसेर संक्रमित हिड्नाले यो भयाबह अबस्था आएको हो । खान परेन ? कमाउन परेन ? कसले खान दिने कसले बस्न दिने भन्ने प्रश्न सोध्दै संक्रमित नियमित काममा फर्कन्छ भने कसरी रोक्न सक्नु हुन्छ ? नाका बन्द गर्दा कमाउने माध्यम बनाउनेलाई कसरी रोक्न सक्नु हुन्छ ? पन्छिन नखोज्नुस हामीले सरकारलाई लकडाउन गरौ भनेको हो मानेन भनेर ! तपाईको नगरपालिका भित्र कति संक्रमित पिसिआर चेक नै नगरी २ दिनको भाइरल ज्वरो भनेर निको भए पछि हिडेका छन् । यसको मतलब जनचेतना फैलाउन कमी र तपाईहरुले जाँच्ने संख्याको कमी हो जस्तो लाग्छ ।

अत: म भन्छु लकडाउन गर्ने भए २१ दिनको खाने जोहो गर्न ब्यबस्था मिलाई दिनुस् । एक घर एक पिसिआर चेक को जिम्मा लिनुस् ! खाली समुह – स्वयमंसेबक – वडा समुह भन्ने नाटक मञ्चन नगर्नुस् ! बिचरा समुहले केही गर्न सक्दैन । जाँच जाँच जाँच अन्तिम अस्त्र त्यहि हो !! नत्र इन्द्रेको बाउ चन्द्रे आए पनी सक्दैन !! #रिसानी_माफ !!