कलाकार मनोज गजुरेलले जिते कोरोनालाई

November 15, 2020   Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channel

कोरोना संक्रमित भई होम आईसोलेसनमा बसेका कलाकार मनोज गजुरेलको स्वास्थ्य अबस्थामा एक्कासी परिबर्तन आई निमुनियाको शंका गरी नेपाल सशस्त्र प्रहरी को अस्पताल हलचोकको आईसियु मा राखी ११ दिनको उपचार पछि कोरोना जिति कलाकार गजुरेल आफ्नो निबास फर्किएको उनले फेसबुक मार्फत आफ्ना शुभचिन्तक प्रशंकसकहरुलाई जानकारी गराएका छन् ।

एक्स्रेमा मनोजको फोक्सोमा हावा देखिएको र कोभिड पोजेटिभ देखिएका कारण अस्पतालमा राखी उपचार गरिएको थियो । उनी अस्पतालमा रहँदा अनलाईन एबमं सोसियल मिडियाहरुमा अनर्गल प्रचार समेत भएका थिए । त्यसको खण्डन समेत उनले आफ्नो फेसबुक पेज मार्फत निकालेका थिए ।

कोभिड संक्रमित स्वभाबिक रुपमै अलिक कमजोर हुन्छन् त्यसैले हाल उनी स्वास्थ्यलाभ का निम्ति आफ्नो निवासमा रहेको र केही दिन पछि नियमित काममा फर्कने जनाएका छन् ।