कोभिड संक्रमण बाट बँच्न पिसिआर बुथ र कर्मचारी बाट कति सुरक्षित

November 17, 2020   Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channel

सन २०२० संंम्झना लायक भएको छैन । बिश्वमहामारी कोरोना ले सबै देशलाई हल्लाइ दिएको छ । ठूला ठूला बिकसित राष्ट्रहरु समेत कोरोना को अगाडी निरिह साबित भएका छन् भने कोरोना संक्रमण न्यूनिकरणका लागी भ्याक्सिन बनाउन लागी परेका छन् । साना तथा बिकासोन्मुख देश भने चाहि कुन ठूला राष्ट्रले औषधी निकाल्लान र सर्भ सुलभ तवरले आफ्ना देशका जनतालाई उपलब्ध गराउन सकिएला भनेर बाटो हेरेर बसेका छन् ।

बिकासोन्मुख देश नेपाल पनी त्यसै गरी बिकसित देश को मुख ताकेर बसेको छ । सन् २०२१ सम्ममा कोरोनाको भ्याक्सिन आउछ भनेर हल्ला त गराइएको छ तर त्यसको पूर्ण सफलता भने अहिले सम्म प्राप्त भएको छैन । ट्रयाल फेजमै रहेका छन् । जति न्यूनिकरण गर्न खोज्यो त्यति संक्रमण फैलदै छ अनि फैलिदो छ । नेपालमा पनी तुलनान्तमक हिसाबमा कोरोना संक्रमित फैलिरहेको अबस्था छ ।

पछिल्लो समय काठमाण्डौ उपत्यका मा मात्र पुरा देशकको आधा संख्यामा संक्रमित भेटिन थालिएका छन् । एकातिर भिड आर्को तिर दशैं तिहारको रमझम उपत्यकामा संक्रमित बढ्नुको कारण उपत्यका नगरपालिका मेयर फोरमको बुझाइ रहेको छ । तर काठमाण्डौ उपत्यकाका कति पय संक्रमित पहिलो पटक जाँच्दा नेगेटिभ रिपोर्ट आएको र पहिलो पटक जाँचेको १२-१५ दिन पछि कोभिडको शंका लागेर पुन: जाँच्दा पोजेटिभ आएको बताउन थालेका छन् । पहिलो शंका लागेर जाँचेको समय र दोस्रो पटक पोजेटिभ आउदा जाँचेको समयको बिचमा आफूहरु कतै बाहिरी संम्पर्कमा नआएको पनी बताउछन् ।

यसरी हेर्दा के कोभिड जाँचन बनाइएको पिसिआर बुथ र कर्मचारी बाट त सरेन मलाई भनी आफूले आफैलाई प्रति प्रश्न सोध्न थालेका छन् संक्रमितहरु । पहिला खुला ठाँउमा कोरोना को स्वाब चेक गरिन्थ्यो तर अहिले अस्पतालहरुले फिभरक्लिन भनेर कोठामा बुथ राखी स्वाब संकलन थालेका छन् । बुथको एउटै पंजा ले धेरै लाई चेक गर्दा त्यस बाट पनी संक्रमण फैलिने बिज्ञहरु बताउछन् तर बुथको पंजा एउटा ब्यक्ति पछि आर्को ब्यक्ति को स्वाव लिदा राम्रो संग स्यानिटाइज गर्ने चलन हाम्रो देशमा भेटिदैन । लाइन लागेका ब्यक्तिहरु घटाउन तिर लाग्दा कहिले काही संक्रमित नभएर गएका पनी बुथ बाट भाइरस बोकी ल्याई संक्रमित भएका छन् नभनी रहन सकिन्न । बिहान देखी बेलुकी सम्म बुथमा स्यानिटाइज नगरेका स्वास्थ्य केन्द्र पनी भेट्टिएका छन् ।

सर्जिकल ग्लोबस एक ब्यक्ति एक मात्र प्रयोग र स्वाब लिने ब्यक्तिले पनी स्वाव लिनु भन्दा पहिला आफूलाई डिसइन्फेक्ट गर्न पर्छ भन्ने बिश्व स्वस्थ्य संगठनको छ तर हाम्रो देशमा त्यस्तो गरेको पाइन्न ।

अत: पछिल्लो समय अस्पतालहरुमा गएर लाइन मा बसेर स्वाब दिनु साटो घरमानै बोलाई आफ्नै आँखा अगाडी स्यानीटाइजर प्रयोग गराएर स्वाब दिने संख्या काठमाण्डौ उपत्यकामा बढेको छ । करिब बर्ष दिनको हाराहारीमा पुग्न लागेको कोभिड कहर को यो समयमा सरकारको र सम्बन्धित स्वास्थ्यकर्मीको सानो लापरबाहीले दुर्घटना निम्त्याउन सक्छ भन्दै यस तर्फ सम्बन्धित निकायको ध्यान बेलैमा पुगोस् ।