एसिड प्रहार गरेको अभियोगमा पक्राउ

November 17, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

आफ्नै श्रीमती र छोरीलाई एसिड प्रहार गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका-२० देवपुरा रुपैठा बस्ने २४ वर्षीय सञ्जीव साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालिका-७ जानकीनगरस्थित माइतीघरमा बस्दै गरेकी २० वर्षीया श्रीमती आरती साह र छोरी ३ वर्षीया रिया साहलाई सञ्जीवले एसिड प्रहार गरी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरीले सञ्जीवलाई पक्राउ गरेको हो । दुवै जनाको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।