नियन्त्रित लागूऔषध सहित पक्राउ

November 17, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ बाट नियन्त्रित लागूऔषध ९ सय ट्याब्लेट नाइट्रोभेट सहित सर्लाही हरीपुर नगरपालिका-९ बस्ने ३४ वर्षीय फुल महमदलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको लु.१ ख ७१०२ नम्बरको यात्रुवाहक बसलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार महमदलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, रामधुनी नगरपालिका-१ बाट नियन्त्रित लागूऔषध ५८ ट्याब्लेट नाइट्राभेट, ९ बोतल डाइलेक्स डिसी र ४५ क्याप्सुल स्पास्मो प्रक्सिभन सहित सोही ठाउँ बस्ने ४४ वर्षीय निर्मल कुमार श्रेष्ठलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-८ बहादुरगंजबाट नियन्त्रित लागूऔषध १ सय ५ ट्याब्लेट नाइट्राभेट र १ सय २० क्याप्सुल ट्रेमोल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही बुटवल उपमहानगरपालिका-४ घर भएका ३२ वर्षीय सुरज श्रेष्ठ र दाङ घोराही उपमहानगरपालिका-१४ जानकी टोल बस्ने ३६ वर्षीय कृष्ण बहादुर थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।