जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १ सय १६ जना पक्राउ

November 17, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-८ तल्लो भंगाल थापागाउँ बस्ने पुष्कर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुश खड्का सहित २४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २४ हजार ५ सय रुपैयाँ, १६ थान कौडा र ६ बुक तास सहित पक्राउ गरेको हो ।

सुर्खेत, पञ्चपुरी नगरपालिका-२ श्रीचौर बस्ने जनक शर्माको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने ३१ वर्षीय रमेश बोहरा लगायत १५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सालकोट सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २१ हजार ६ सय ७० रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

यसैगरी सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-४ गौरी टोल बस्ने रञ्जन शाहीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने २७ वर्षीय दिपेन थापा लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २२ हजार ३ सय ४३ रुपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।

तनहुँ, भानु नगरपालिका-१२ मिर्लुङ कवाचित बस्ने उमेश अधिकारीको कटेजमा कौडा खेलिरहेको अवस्थामा १५ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ७५ हजार ६ सय ३० रुपैयाँ, १६ थान कौडा, २ वटा चकटी, १ वटा त्रिपाल, २ वटा गुन्द्री, १ वटा काम्लो, १ वटा नाङलो र १ थान सुनको जस्तो देखिने पहेंलो धातुको औंठी सहित पक्राउ गरेको हो ।

पर्वत, कुश्मा नगरपालिका-४ बस्ने चन्द्र पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय थानेश्वर पौडेल समेत ४ जनालाई नगद ३ लाख ४८ हजार ५५ रुपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

गोरखा, गाउँपालिका-७ खहरे बस्ने धन बहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय प्रेम बहादुर गुरुङ लगायत ३४ जनालाई नगद १ लाख ७५ हजार ७ सय ३५ रुपैयाँ र १६ थान कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-१० करमगाछी बस्ने प्रेम भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-११ बस्ने ४० को मन्दिप राई लगायत ९ जनालाई नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेदकोट नगरपालिका-३ दैजी बजार बस्ने ३२ वर्षीय अर्जुन भण्डारीको भण्डारी सेकुवा सेन्टरको छतमा तास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई नगद २ लाख २२ हजार ४ सय ८५ रुपैयाँ सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबार खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।