क्षति न्यूनिकरणका लागी कोभिड चेक चाहि गराउनु पर्छ

November 25, 2020   Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, काठमाण्डौ ।
पछिल्लो समय नेपालमा कोभिड रिकभर हुने को संख्या बढेको छ । कारण बिश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सरकारले कोभिड संक्रमण पुष्टी हुँदाको समयको संक्रमितको सिटी भ्यालु लोड हेेेरेेर अनि संक्रमितले १४ दिनको आइसोलेन काटे पछि स्वत: कोरोना मुक्त घोषणा गर्दाको नतिजा हो । हुन त सबै देशमा पुष्टी भएको मिति बाट १४ दिन पछि कोरोनाको संक्ति घट्ने र नसर्ने अबस्थामा पुग्ने बताइन्छ तर १४ दिन पछि पनी जाँच्दा कसैको शरिरमा कोरोना भाइरस देखिन्छ । यस्ता भाइरस नसर्ने अबस्थाका हुन्छन् भन्ने पुष्टी कोरियाको ल्याबले गरेको छ ।

नेपालमा पूर्ण भाइरस मुक्त हुन ४८ दिन कुरेको तथ्य पनी बाहिरीएको छ । संक्रमितको नाक-घाँटीको स्वाब लिदा डेड सेल एउटा मात्रै रहे पनी पोजेटिभी देखाउने गर्छ भनी ल्याब बिशेषज्ञहरु बताउने गर्दछन् । यस्तो अबस्थामा डराउन नपर्ने र संक्रमितलाई पनी कुनै हानी नगर्ने बताउछन् । कोही कोही कोरोना संक्रमितलाई शरिर एकदमै कमजोर बनाउने भएकोले नडराई आफ्नो सामन्य काममा फर्कने र झोलिलो कुरा बढी खाने बताउछन् ।

नेपालमा पछिल्लो समय कोरोना लक्षण देखिदा पनी सामानय औषधी खाएर आइसोलेसनमा बस्नु साटो दैनिक काम मा बाहिर निस्कदा समुदायमै यो फैलिसकेको भन्न फरक नपर्ला । रोग प्रतिरोधात्मक शक्ति धेरै भएका ब्यक्तिहरुलाई ज्वरो,रुघा,खोकी नै आउँछ भन्ने छैन । सामान्य पखाला, आँखाका गेडा दुख्ने, पेट दुख्ने, थकान, जिउका मांशपेशी दुख्ने पनी यसका लक्षणहरु हुन् । यस्ता लक्षण देखिने बित्तिकै सामान्य औषधी सेवन गरी मानिसहरु बाहिरिदिदा संक्रमितले अन्य निरोगीलाई समेत रोग सार्ने अबस्था आउने गर्दछ ।

सामान्य लक्षण देखिना साथ होम आइसोलेसनमा बस्ने र पिसिआर चेक गराएर आफ्नो स्वास्थ्य अबस्थाको बारेमा परिक्षण नतिजा आए पछि ढुक्क भएर हिड्न चिकित्सकहरु सुझाब दिन्छन् । कोरोना भाइरस लोड धेरै भएकाहरुलाई कहिले काहि यसले अपत्यारिलो नतिजा समेत ल्याइदिने चिकित्सकहरु बताउँछन् । सामान्य मानिस पनी हिड्दा हिड्दै कहिले काही ज्यान गुमाउन पुग्दछन् । भाइरस लोड धेरै हुँदा र हेलचेक्राइ गरिदिदा केहीलाई कसैलाई फोक्सोमा पनी भरिएर असामान्य स्वास्थ्यमा जटिल समस्या आइदिन्छ र बिरामी अस्पतालमा भर्ना भइ आइसियु र भेन्टिलेटरमा समेत रहेर उपचार गर्नु पर्ने अबस्था आउछ । अत: चिकित्सकहरुको सुझाब अनुसार जो कोहीलाई पनी सामान्य लक्षण देखिएको छ भने कोभिड चेक पिसिआर गर्ने र रिपोर्ट को साथमा आइसोलेसनमा बसी प्लस अक्सिमिटरको माध्यमले आफ्नो शरिरको अक्सिजन लेभल चेक गर्दै थर्ममिटरले ज्वरो जाँच गर्ने गर्नु पर्दछ । ज्वरो न्यूनिकरणका का लागी मेडोमोल-५०० सिटामल प्रयोग गर्ने र अक्सिजन लेभल ९० भन्दा मुनी घटेर ८ को लहरमा पुग्यो भने तुरुन्त चिकित्सकको परामर्समा अस्पताल गई हाल्नु पर्छ नत्र अक्सिजनको कमीले बिरामीको ज्यानै समेत जान सक्छ । पछिल्लो समय अस्पतालमा पुगेपछि उपचार पूर्व कोरोना जाँच गराउने भएको ले रिपोर्ट आउन्जेल ढिलो हुन सक्छ त्यसैले लक्षण देखिना साथ घरमानै पिसिआर चेक गरी रिपोर्ट अस्पताललाई दिदा तुरुन्त उपचार सुरु हुने हुदा नडराइ लक्षण देखिएमा पिसिआर गरी आफू पनी बाँचौ र परिबारका अन्य सदस्यलाई पनी बचाऔ ।

थप परामर्स लिन यस ग्रुपको सहयाता लिन सकिन्छ ।
https://www.facebook.com/groups/3419776068248582