कप्तान सहित ४ नेपाली राष्ट्रिय क्रिकेट खेलाडीमा कोरोना संक्रमण

November 25, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

आफ्नो फेशबुक वालमा पोष्ट गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल ले आफूमा कोरोना संक्रमण पुष्टी भएको जनाएका छन् ।

आफूले सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै संक्रमित भएको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन् ।

हाल राष्ट्रिय क्रिकेट का कप्तान मल्ल घरमै आइसोलेसनमा बसेका छन् । उनमा कुनै पनी सिम्टम्सहरु देखिएको छैन । आफ्नो स्ट्याटसमा उनले लेखेका छन् कोरोनालाई सामान्य नलिदिनु होला ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान मल्ल सहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको हो ।

नेपालमा.कोरोना संक्रमण पुष्टी भए संग्गै लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो । जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो । बसन्त रेग्मी भने भैरहवामा रहँदै संक्रमित भएका हुन् ।

यसैगरी सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसी को भने कोरोना परीक्षण हुन बाँकी नै छ । बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ ।