ललितपुरमा लैंगिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न

December 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

१६ दिने महाअभियानको अन्तिम दिन डिसेम्बर १० मा संरक्षण, लैंगिक समावेशीकरण अभिमुखिकरण कार्यक्रम ललितपुरमा पनि आयोजना भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय महिला उपाध्यक्ष शर्मिला कार्कीले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसा नियन्त्रणका लागि आजै देखि लाग्नेछु नारालाई साकार पार्न सबै रेडक्रसकर्मी एक हुनपर्ने र सोसाइटीबाट संचालित हुने लैंगिक तथा समावेशीकरणका गतिविधिलाई अझ सशक्त पार्दै लाने कुरामा सहभागीहरुलाई आश्वस्त पार्नु भयो ।

सो क्रममा अर्का अतिथि भरखरै मात्र ललितपुर महानगरिय प्रहरी परिसरका प्रमुखको जिम्मेवारी समाल्नु भएकी वरिष्ठ प्रहरी उपरीक्षक श्री किरण वज्राचार्यले कुनै पनि खालका लैंगिक हिंसालाई कानूनी दायरामा ल्याउने र त्यसता खालका घटनाहरु हुन नदिन सधैं प्राथमिकताका साथ प्रहरी प्रशासन लागि रहने प्रतिबद्धता व्यक्त गर्नु भयो । सोही क्रममा अतिथि द्धयलाई कार्यअवधि सफलताको शुभकामना सहित जिल्ला शाखाका सभापति बाबुराजा महर्जनले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा उप–मन्त्री जगनाथ श्रेष्ठले स्वागत मन्तव्य र कार्यक्रम संचालन उप– कोषाध्यक्ष एवं लंैगिक तथा समावेशीकरण समितिका संयोजक ज्योती प्रधान श्रेष्ठ गर्नु भएको थियो ।