भारतबाट अबैधरुपमा भित्राइएका ३ सय किलो अबैध माछा बरामद

December 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

कपिलवस्तुको शुद्धोधन गाउपालिका– .५ जयनगरामा भारतबाट अबैधरुपमा भित्राइएका ३ सय किलो माछा बरामद गरिएको छ । बिहीवार दिउसो भारत बाट नेपाल तर्फ ६ वटा साईकलमा अबैध रुपमा भन्सार छलि ल्याउदै गरेको अवस्थामा सो बरामद गरिएको हो ।

माङगुर र वैखी जातको माछा ६ वटा क्यारेटहरुमा राखिएको थियो । माछा र साईकल गरी १ लाख ५२ हजारको मुल्यका सामान बरामद भएको प्रहरी निरीक्षक प्रेम रेग्मीले बताए । बरामद माछा नष्ट गरीएको र उक्त ६ वटा साईकलहरु भन्सार कार्यालय पठाउने पहल भईरहेको प्रहरी निरीक्षक रेग्मीले बताए । दुई साता अघि पनि हथिहवामा ५ वटा साईलक सहीत ५ सय किलो अबैध माछा बरामद गरिएको थियो ।