मानव अधिकार दिवसमा १८ जनालाई सम्मान

December 10, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

७२ औ मानव अधिकार दिवस तथा लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानको समापनको अवसरमा कपिलवस्तुको तौलिहवामा १८ जनालाई सम्मानित गरिएको छ । मानव अधिकार तथा लैगिंक हिंसा बिरुद्धको अभियानमा भुमिका खेलको भन्दै कपिलवस्तु नगरपालिकाले १५ महिला र ३ पुरुषलाई सम्मानित गरेको हो । त्यस मध्ये २ जना सुरेन्द्रराज लम्साल र पुष्पा रेग्मीलाई युनएफपिए र सिद्धार्थ समाजिक विकास केन्द्रले सम्मानित गरेको हो । कपिलस्तु नगरपालिकाले माधुरी श्रेष्ठ, माया ज्ञवाली, जुनु श्रेष्ठ, ओरिराम चौरसिया, लक्ष्मी श्रेष्ठ, बसन्त कुमारी सिंह ताहिरा खातुन, बिमला पौडेल सुसमा शर्मा, सुचिता श्रीवास्तव, बिजयलक्ष्मी सिंह सुसमा आचार्य सम्मानित भएका छन ।

यस्तै सबिता श्रेष्ठ, गीता श्रीवास्तव, थानकला पौडेल देबीराम काहारसम्मानित भएका हुन । लुम्बिनी प्रदेश सदस्य रिना नेपाल, उप मेयर लक्ष्मी गुप्ता साउले संयुक्तरुपमा उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाई सम्मानित गरेका थिए । सो अवसरमा प्रदेस सदस्य नेपालले मानव अधिकार र लैंङ्गिक हिंसा न्युनीकरणमा आर्फै सचेत हुुनु पर्ने बताईन । उनले लैंङ्गिक हिंसा बिरुद्धको अभियानमा सबैले साथ दिनु पर्ने बताईन । सो अवसरमा उप मेयर गुप्ता, नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरे, नगरपालिका शिक्षा प्रमुख हरि प्रसाद ज्ञवाली लगातयले मन्तब्य दिएका थिए । सो अवसरमा अधिकारकर्मी बसन्त बन्जाडेले कार्यपत्र प्रस्तुत गरो थिए । कार्यक्रम उप प्रमुख गुप्ताको अध्यक्षता र पदमराज श्रेष्ठको संचालनमा भएको थियो । उता कालिका सामाजिक विकास केन्द्रले लैंङ्गिक हिन्सा बिरुद्ध बिभिन्न कार्यक्रम संपन्न गरेको छ ।

सुआहारा कार्यक्रम अन्र्गत तौलिहवामा अन्तरक्रिया, दिप प्रज्वलन, कानुनी प्रशिक्षण, लगायतका कार्यक्रम संपन्न गरेको छ । यसै बिच सो संस्थाले तौलिहवा र लवनीमा कार्यपत्र प्रस्तुत र अन्तरक्रिया कार्यक्रम सपन्न गरेको छ । तौलिहवामा भएको कार्यक्रममा प्रहरी उपरिक्षक नवराज अधिकारीले लैगिंक हिंसा न्युनीकरणमा नागरिक आफै सचेत हुुन् पर्ने बतए । उनले हिंसा न्युनीकरणमा नागकिरले प्रहरीलाई साथ दिनु पर्ने बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले लैगिक हिंसा न्युनीकरण न्युनीकरण अभियानलाई गाउ गाउमा लगने पर्ने बताए ।

अन्जु शर्माका अध्यक्षता र शान्ता पौडेलको संचालनमा भएको कार्यक्रममा कपिलवस्तु नगरपालिकाकी उप मेयर लक्ष्मी गुप्ता, जनु श्रेष्ठ, माधुरी श्रेष्ठ लागतयले मन्तब्य दिएका थिए । कार्यक्रममा अधिवक्ता कृष्ण पौडेल, बुजेन्द्र बन्जाडेले छुट्टा छ्ट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।