फरक क्षमता भएका व्याक्तिलाई समाग्री सहयोग

December 12, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

लुम्बिनी अपाङ्गता विकास केन्द्र कपिलवस्तुले कपिलवस्तु नगरपालिका वडा नं. ९ भित्रका अपाङ्गता भएकालाई नेतृत्व विकास तालिमा दिएको छ ।

तालिम कार्यक्रममा सहायक सामग्री वितरण पनि गरिएको छ । शनिवार कपिलवस्तु नगरपालिका वडा नं. ९ स्थित कनकमुनी मा.वि.मा सम्पन्न कार्यक्रममा सेतो छडी ६ वटा, स्टेलस वे्रल पेपर २ जनालाई, ३ जान शौचालय कुर्सी र ८ जनालाई ५ हजारको दरले आयआर्जनको लागि सहयोग गरिएको केन्द्रका अध्यक्ष ओरीराम चौरसियाले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै वडा नं. ९ का वडा अध्यक्ष शिवबहादुर वाग्ले विगतको वर्षमा कोरोनाले गर्दा यस्ता कार्यक्रम गर्न नसकेकोले यस वर्ष गरिएको बताउनु भएको छ। वाग्लेले भने आउने दिनमा यस्ता कार्यक्रमलाई प्रथामिकताका साथ राख्ने र अपाङ्गता भएकालाई हरेक किसिमको सहयोग गर्दै जाने बताउनु भएको छ । कार्यक्रममा बोल्दै केन्द्रका अध्यक्ष ओरीराम चौरसीयाले अपाङ्गता भएकालाई दयामाया होईन अवसर दिनु पर्छ ।

अवसर पाए सबैले केहि गरेर देखाउने उनले बताए । वडा कार्यलयले यस्तो कार्यक्रम राखेकोमा धन्यवाद दिदै उनले भने अगामी दिनहरुमा अपाङ्गता भएकालाई सहयोग गर्न अग्रह गर्नु भएको छ ।