बुद्धुभमी नगरपालिकाले प्रोत्साहन बापत १४२ महिला स्वयमसेबिकालाई ५ हजारका दरले नगद प्रदान

December 21, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु |

कपिलवस्तुको बुद्धुभुमी नगरपालिकाका १ सय ४२ महिला स्वास्थ्य स्वमसेविकालाई प्रोत्साहन बापत नगद प्रदान गरिएको छ । नगरपालिकाले बुढ्ढी स्थित आफनो भवनमा कार्यक्रम राखेर उनीहरुलाई ५ हजारका दरले नगद प्रदान गरेका हो । नगरपालिकाको १० वटै वडामा कार्यरत सबैलाई कामको मुल्यांकन गरेर रकम प्रदान गरिएको मेयर केशव कुमार श्रेष्ठले बताए । स्वमसेविकाको कामको मुल्यानक र उत्साह प्रदान गर्न नगरपालिकाले प्रत्येक स्वयमसेविकालाई १० हजारका दरले बजेट बिनियोजन गरिएको उनले बताए । अहिले आधा रकम मात्र उपलब्ध गराइएको हो । मेयर श्रेष्ठले महिला स्वयमसेविकाको स्वास्थ्य क्षेत्रमा उल्लेखनिय भुमिका रहेको भन्दै उनले नगरपालिकाले महिला स्वयमसेविकाको कामको उच्च मूल्यांकन गरेको बताए । उनले महिला स्वयम सेविकाकालागि नगरपालिकाले आगमी दिनमा अझ प्रानथमिकता दिने बताए ।

सो अवसरमा उप मेयर मीरा थारुले महिला स्वयम सेबिकाको कामलाई ब्यवस्स्थित गर्न नगरपालिकाले कार्यबिधि बनाउने तयारी गरेको बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले महिला स्वयमसेबिका बर्तमान परिबेशमा नया र उर्जाका साथ अघि बढनु पर्ने बताए । ६० बर्ष काटेका हरुलाई बिदाई गरी नया र दक्ष महिला स्वयमसेविकाहरु यस क्षेत्रमा लाग्नु पर्ने उनले बताए । कार्यक्रममा महिला स्वयमसेविका संजाल नगर संयोजक सरस्तवी कुबरले नगरपालिकालले महिला स्वयमसेविकाहरुलाइृ प्रोत्साहन गरेरे राम्रो काम गरेको बताईन ।

मेयर श्रेष्ठको अध्यक्षता स्वास्थ्य शाखा प्रमुख खुबीराम खनालको स्वागत तथा गोकर्ण अर्यालको संचालनमा भएको थियो ।