बिद्यालयको पहुच बढाउन २० बिपन्न किशोरीलाइृ शैषिक सामाग्री

December 21, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु |

कपिलवस्तुको तौलिहवामा बिद्यालयको पुहच बढाउन २० बिपन्न किशोरीहरुलाई ब्याग सहति शैक्षिक सामाग्री प्रदान गरिएको छ । युएनएफपिएको सहयोगमा नेपाल परिवार नियोजन संघ कपिलवस्तुले सो शैक्षिक सामाग्री प्रदान गरेका हो । १० किशोरी समुहका २० जना बिपन्नलाई स्कुल ब्याग, कपी, कलम क्यालकुलेटर प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका उप प्रमुख तारावती चौधरी र संघका प्रबन्धक मोहन बस्यालले किशोरीहरुलाई सो सामागूी संयुक्तहरुपमा हस्तान्तरण गरेका थिए । सो अवसरमा उप प्रमुख चौधरीले किशोरीहरुले आफनो पढाईलाई जारी राख्नु पर्ने बताईन ।

बिशेष गरी जिल्लका दक्षिणी भेगका किशोरीहरु बिपन्नता र पारिवारिक कारणले बिच मै बिदालय छाडन बाध्य भएकाले यस बारे ठोस कार्यक्रम आवश्यक रहेको उनले बताईन । ‘ किशोरीहरु सशक्त हुनु पर्छ, बिद्यालयमा जानु पर्छ ’ उनले भनिन । सो अवसरमा संघका प्रबन्धक बस्यालले किशोरीहरुको बिदालयमा पहुच बढाउन युनएफपिएको सहयोगमा संघले किशोरी समुहलाई बिभिन्न सहयोग गर्दै आएको बताए । अहिले दक्षिणी भेगका किशोरीहरुको चेतना स्तर बढदै गएकाले बिधालयमा जानेको संखया निकै बढेका उनले बताए । शैक्षिकक सामाग्री पाए पछि किशोरीहरु खुशी भएका छन ।

कार्यक्रम प्रबन्ध बस्याललको अध्यक्षता र सुशमा आचार्यको संचालनमा भएको थियो ।