बैक तथा बिमा कम्पनीहरुसंग शुलभ कर्जा संबन्धी अन्तरक्रिया

December 21, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले तौलिहवामा बैक तथा बिमा कम्पनीहरुसंग शुलभ कर्जा संबन्धी अन्तरक्रिया संपन्न गरेको छ । लुम्बिनी प्रदेश सरकार अन्र्गत भुमी ब्यवस्था, सहकारी तथा कृषि मन्त्रालयले ब्यवसायिक कृषिलाई बढावा दिन गत फागुन १५ गते देखि शुलभ कर्जा दिने योजना अघि बढाएको छ । कृषकहरुलाई सजिलरी कर्जा उपलब्ध गराउने बिषयमा जिल्लाका १३ बैक तथा बिमा कम्पनीहरुसंग छलफल गरिएको केन्द्रका प्रमुख दिपक भुसालले बताए ।

ब्यवसायिक कृषिमा लाग्ने कृषकलाई बैकिङ सस्ंथाबाट सर्भसुलभ तरिकाबाठ कर्जा लिन सकजीकरण गर्नकालागि प्रदेश सरकारले १२ वटै जिल्लामा सहजकर्ता नियुक्त गरी पठाएको छ । रिन लिन चाहने ईच्छुक कृषकले बैकहरुमा चाहिने कागजातहरुरु दिएर एक करोड सम्म सहुलियत दरमा रिन लिन सक्ने भुसालले बताए । ५ बर्र्ष सम्म निरन्तर रिन लिइ कारोबार गर्ने कृषकले सहुलियत दरमा रिन पाउनेछन । रिनमा ब्याज अनुदान समेत रहेको छ । १ लाख देखि १० लाख सम्म रिन लिएकाहरुले रिनको १० प्रतिशत ब्याज अनुदान पाउनेछन ।

यस्तै १० देखि ३० लाख सम्मकाले ८ प्रतिशत, ३० लाख देखि १ करोड सम्मकाले ६ प्रतिशत अनुदान पाउनेछन । कृषि क्षेत्रमा काम गर्नेहरुकालागि अहिले राम्रो अवसर रहेको भुसालले बताए ।