पुष्पलाल स्मृती ब्याडमिन्टनको मिति र स्थान परिबर्तन

December 26, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

१० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती -याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको मिति र स्थान सरेको आयोजकले भर्खरै जानकारी गराएका छन् ।

यस अघि २२ पौष देखि काठमाण्डौ कभर्डहलमा संचालन हुने भनिएको प्रतियोगिता पौष २९ गते देखि माघ ३ गते सम्म लाहानको गोलबजारमा आयोजना हुने आयोजक राष्ट्रिय ब्याडमिन्टन संघले जनाएको छ ।

यस्तै प्रतियोगिता राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाले संयुक्त रुपमा आयोजना गर्ने र प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघले सहयोग गर्ने आयोजकका सचिव रदीप महर्जनले भर्खरै जानकारी गराए ।

ब्याडमिन्टन खेलको विकास र विस्तार गर्ने उद्धेश्यले प्रतियोगितालाई उपत्यका बाहिर लैजाने सोचमा संघ रहेको र त्यसका लागि आयोजकहरुको खोजी भईरहेकोमा भर्खरै गोलबजार ब्याडमिन्टन क्लबले प्रतियोगितालाई लाहानमा आयोजना गर्ने निर्णय गरि संघलाई खबर गरिएकोले प्रतियोगिताको मिति र स्थान सार्नु परेको सचिव रदीप महर्जनले जानकारी गराए ।