१५ सय बढी बिपन्नलाई न्यानो कपडा

January 3, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य,कपिलवस्तु |
माहुरी होमले संचालन गरेको ‘ नयाँ लुगा न्यानो लुगा अभियान“ अन्र्गत १५ सय बढीलाई न्यानो कपडा बाडिएको छ । रुपन्देही र कपिलस्तुका बिभिन्न बिपन्न परिवारलाई जाडोमा लगाउने कपडाहरु बाडिएको हो । २ महिना अघि संस्थाले तौलिहवामा सूरुवात गरेका अभियानमा अहिले सम्म १५ सय बढी बिपन्नलाई न्यानो कपिडा बाडेको सस्थाकाअ अध्यक्ष किरण सिंहले बताए । सस्थाले जाडोयाममा बिपन्न परिवारलाई लक्षित गरी बिभिन्न संस्था र ब्यक्तिहरुको आर्थिक सहयोगमा अभियान संचालन गरेको थियो ।

‘ हामीले अभियान मार्फत अति गरीब बिपनन सुकुम्बासी बस्ती बिपन्न बालबालिका बिद्यार्थीहरुलाई न्यानो कपडा बाडेका छौ ’ अध्यक्ष ठाकुरले भने । उनले बिपन्न समुदाय खोजी गरेर आफुहरुले न्यानो कपडा बाडेको बताए । यही अभियना अन्र्गत कपिलस्तुको मायादेबी गाउपालिकाको अभिराव, सुद्धोदन थगाउपालिकाको पतरिया, कृष्णनगर नगरपालिकाको बहादुरगंज र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेको लापोन्मुख नेटुवा जातिका ढेड सय बढी परिवारलाई समेत न्यानो कपडा बाडने तयारी गरेका बताए ।

सोही अभियान अन्र्गत कपिलस्तु नगरपालिका– ९ बैरेनी स्थित सुकुम्बासी बस्तीमा रहेका १४ बिपन्न परिवारलाई न्यानो कपडा बाडिएको छ । मेयर किरण सिंहको आग्रहमा माहुरी होमले कपडा बाडेको हो । सो अवसरमा मेयर सिंहले संस्थालाइृ धन्यबाद दिदै बिपन्न र सुकम्बासीहरुकालागि नगरपालिकाले सहयोग गर्ने बताए । उनले सोही वडामा रहेको अन्य सुकुम्बासीहरुलाई पनि कपडा बाडिने बताए ।

संस्थाले सुकुम्बासी बस्तीमा कम्मल,ट्रक सुट, स्वीटर, जिन्स पाईनट, सल ट्राउजर साडी लागतयका सामाग्री बाडेको थियो ।