आगामी निर्वाचन तयारीका निम्ति सुरक्षा निकायहरुलाई निर्देशन

January 11, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

आज गृहमन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा अर्थमन्त्री बिष्णु पौडेलको उपस्थितीमा गृह सचिब, अर्थ सचिब र नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान बिभाग का प्रमुखहरुका उपस्थितीमा निर्वाचन तयारी सम्बन्धी बैठक सम्पन्न भएको छ ।

सरकार एकातिर बैशाखमा निर्बाचनको निम्ति तयारी गरिरहेको छ भने नेकपाका अर्का खेमा प्रचण्ड-माधव नेपाल समुहले आजै निर्वाचन आयोग पुगी बहुमत केन्द्रिय सदस्यहरु आफूहरु संग भएको ले निर्वाचन रोक्न दबाब दिएका छन् ।

गृह मन्त्रालयमा आज भएको बैठकमा उपस्थित मन्त्रीहरुले हाल मौजुदा श्रोत साधन तथा निर्बाचन प्रयोजनमा आबस्यक पर्ने थप श्रोत साधन ब्यबस्थापन सम्बन्धमा खाका प्रस्तुत गरेका छन् । बैठमा गृहमन्त्री थापाले मुलुक प्रतिनिधि सभाको आगामी निर्वाचन तर्फ केन्द्रित भइ सकेकोले निर्वाचन सुरक्षाको लागि आबस्यक तयारी गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

बैठकमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बिगतमा निर्वाचनमा भएको खर्च बिश्लेषण गररी मितब्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताब गररी गृह मन्त्रालय मार्फत पठाउन सुरक्षा निकायहरुलाई निर्देशन दिदै निर्वाचन सम्पन्न गर्न आबस्यक पर्ने बजेटको अभाव हुन नदिईने प्रतिबद्धता ब्यक्त गर्नु भएको गृह मन्त्रालय द्वारा जारी बिज्ञप्तिमा जनाईएको छ ।