पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि
January 11, 2021 Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channelपछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाए अनुसार, योसहित हालसम्म देशमा संक्रमितको संख्या २,६५,२६८ पुगेको छ ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५२७ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै निको हुनेको संख्या २,५८,९६८ पुगेको छ । त्यसैगरी देशभरी सक्रिय संक्रमितको संख्या ४३७३ तथा क्वारिन्टीनमा बस्नेको संख्या २३७ रहेको छ ।
यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १० को मृत्यु भएको छ । उनीहरुको देशका बिभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
योसहित हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९२७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।