पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण गर्न खाेज्दा प्रहरीद्वारा लाठिचार्ज

January 11, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई,काठमाण्डौ ।
आज पौष-२७ गते राष्ट्रिय निर्माता पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्ती । आज पृ्थ्वी जयन्तीका अवसरमा श्रद्धाञ्जली दिन जुलुस सहित सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता साथै आम नागरिक माथि प्रहरीले लाठिचार्ज गरेको छ । निषेधित क्षेत्रमा भिड जम्मा भएकोले बल प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

रत्नपार्क बाट एक समूहको नेतृत्व गरेर भृकुटी मण्डब सम्म पुगेकी नायिका मनिषा कोइरालालाई पनी भृकुटी मण्डवमै प्रहरीले अघि बढ्न रोकेको थियो । आफूलाई प्रहरीले शिंहदरबारको गेट अगाडी रहेको पृथ्वीनारायण को सालिकमा माल्यार्पण गर्न बाट बञ्चित गरिएको भनी ट्वीटर मार्फत आक्रोस पोखैकी छिन् ।
आजै प्रहरीको दुर्व्यबहारमा परेका राप्रपा अध्यक्ष पशुपति शमसेर राणाले पनी आफू साथै आफ्ना राप्रपाका कार्यकर्ता लाई प्रहरीले बल प्रयोग गरेको प्रति बिरोध गररेरका छन् । साथै उनले मुलुकमाथि अत्याचार भएको भन्दै उनले अन्याय र अत्याचार विरुद्ध राप्रपा बिरोधमा उत्रिने बताए । नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको पनि दाबी गरे ।

साेमबार राप्रपासहित अन्य राजावादी संघसंस्थाले सिंहदरबार पश्चिम गेटमा रहेकाे पृथ्वीनारायण शाहकाे शालिकमा माल्यार्पण गर्न खाेज्दा प्रहरीले लाठिचार्ज गरेपछि झडप भएकाे थियाे । झडपमा परी सहभागीहरू घाइते समेत भएका छन् ।