स्यूचाटार स्टेशनमा आगलागीका कारण उपत्यकामा बिधुत प्रबाह अबरोध

January 11, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

सोमबार बेलुकी एक्कासी काठमाण्डौ उपत्यकाका ३ ओटै जिल्लामा बिजुली प्रबाह अबरोध हुन पुग्यो । अचेल बिधुत प्रबाह अबरोध हुने बित्तिकै सोसियल साइटहरु तात्तिने गरेका छन् ।

सोमबार बेलुकी प्रधानमन्त्री के.पी ओलीको अन्तर्बाता भारतीय टेलिभिजनमा आउने चर्चाले तातेको सोसियल साइट अन्तरबार्ता शुरु हुनु केही समय अघि उपत्यकाका ३ जिल्ला नै अन्धकारमय हुन पुगेपछि कोही नियोजित भन्न थाले कोही आफ्नै अड्कल काट्न थाले ।

तर बास्तबिकता भने आर्कै थियो । काठमाण्डौ उपत्यकालाई निरन्तर बिधुत प्रबाह गर्ने स्यूचाटार स्थित बिधुत प्रबाह सब स्टेशनमा रहेको मुख्य एक ट्रान्सफर्मरमा ठूलो आवाज सहित आगलागी भएको स्थानियहरुले बताएका छन् । स्यूचाटार स्टेशन वरपरका बासिन्दाले आफ्नो फेसबुकमा बिधुत स्टेशनमा आवाज सहित आगो देखिएको लेख्न थाले पछि बल्ल अन्यले बास्तबिकता थाहा पाए ।

बिधुत प्राधिकरणका कर्मचारीले बैकल्पिक उपाय अपनाई केही समय पश्च्यातनै बिधुत प्रबाहलाई निरन्तर दिएका छन् ।