कपिलवस्तु नगरपालिकाद्धारा जन्म दर्ता प्रमाण पत्रका कालागि खोप कार्ड अनिवार्य

January 13, 2021   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु !
कपिलवस्तु नगरपालिकाले जन्म दर्ताको प्रमाण पत्र बनाउनकालागि खोप कार्ड अनिवार्य गरेको छ । नगरपालिकालाई आउने बैशाख भित्र पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानलाई सार्थकता दिन कपिलवस्तु नगरपालिकाले खोप कार्ड नबनाई जन्म दर्ता प्रमाण पत्र बनाउन रोकेको हो ।

खोप कार्ड नभए बचचाहरुले पाउदै आएको प्रोत्साहन भत्ता समेत नदिने निर्णय गरिएको हो । जन्मे देखि १५ महिना सम्मका बच्चाहरुको जन्म दर्ता बनाउदा खोप कार्य अनिवार्य गरिएको मेयर किरण सिंहले बताए । नगरपालिकालाई पुर्ण खोपयुक्त घोषणा गर्ने अभियानलाईै सार्थकता दिन अर्को सुचना जारी नहुदा सम्मकालागि जन्म दर्ताकालागि खोप कार्ड अनिवार्य गरिएको उनले बताए । ‘ अभियानलाई सफल पार्न स्वास्थ्य कर्मचारीहरु गाउ घरमा परिचालन गरका छौ’ उनले भने । उनले यो अभियानलाई सफल बनाउन नगरबासीमा अपील समेत गरे । नगरपालिकाद्धारा तौलिहवामा आयोजित पुर्णखोपयुक्तकालागि सुक्ष्म योजना निर्मााण् कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले नगरपालिकालाई पुर्णखोपयुक्त बनाउन माघ दोश्रो साता भित्र घरधुरी संख्या यकीन गनिरे बताए ।

त्यसका लागि नगरपालिकाका स्वास्थ्य कर्मचारीहरुलाई माघ ७ देखि १४ गते सम्म परिचालन गरिने उनले बताए । बच्चा जन्मेका बेला दिईने पेन्टा डिपिटी पहिलो खोप ९९ प्रतिशत बच्चालदे लगाउने गरेका छन । तर त्यही बच्चालाई १५ महिनामा ललाईने दादुरा रुबेला खोप दोश्रो भने ३० प्रतिशले छाडने गरेका छन । जन्मे देखि २३ महिना सम्मका बच्चाहरुको खोजपडताल गरी उनीहरुको खोप सुनिश्चिता गर्न अभियान चलाइएको उप प्रमुख लक्ष्मी गुप्ता साउले बताईन ।

सबै बच्चाहरु स्वास्थ्यको पहुचमा पुर्याईने उनले बताइन । कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डम्मर कुबरले जिल्लालाई नै पुर्ण खोपयुक्त बनाउने अभियानमा जिल्लाका १० वटै पालिकामा कार्यक्रम संचालन भईरहेको बताए ।