गायिका सिमा संग्रौलाको “उड्नु छ आज” बोलको गीत सार्वजनिक

January 7, 2021   Filed under संगीत >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, काठमाण्डौ ।
करिब १० बर्षको अन्तराल पछि गायिका सिमा संग्रौला को स्वरमा गीतहरु सुन्न पाइएको छ । नेपाली सांगीतिक क्षेत्रमा छुट्टै क्रेज स्थापना भइ सकेको अबस्थामा एकाएक उनी नेपाली सांगीतिक क्षेत्रबाट ओझेल भएकी थिइन् । दशक अघि उनको “नोट” एल्बमका गीतहरु दर्शक श्रोताले रुचाएका थिए । युवा पुस्ता माझ गायिका सिमा संग्रौला खोजिने आवाज मध्येकी एक थिईन् ।

एक दशक पछि सिमा संग अनलाईनमा कुरा हुँदा नेपालमा कोरोना संकटका कारण लकडाउन भएको थियो । उनले अनलाईन बाटै उत्तर फर्काईिन् लकडाउनमा गीत संगीत निर्माण गर्ने मौका मिल्यो र तयार पनी गर्यौ । छिट्टै क्रमै संग सार्बजनिक गर्ने छु । उनले यस पंक्तिकारलाई भने छै हाल उनका नयाँ संगीत सिर्जनाहरु सार्बजनिक हुन थालेका छन् ।

लकडाउन पछिको ३ महिना भित्र उनको दोस्रो गीत “उड्नु छ आज ” दर्शक श्रोता माझ सोसियल प्लाटफर्म यूट्यूब बाट सार्बजनिक गरेकी छिन् । स्रष्टा बिशाल पाण्डे र गायिका सिमा संग्रौलाको संयोजन मा तयार भएको गीत ” उड्नु छ आज ” सफ्ट मेलोडी संगीत रहेको छ । पोखराको रमणिय दृष्यहरु समेटिएको गीतमा सिमा को स्वर ले दर्शक श्रोताहरुले मन जित्नेमा बिश्वास गायिका सिमाको रहेको छ ।

अब निरन्तर आउछु, संगीत र क्षेत्रलाई त कुनै पनी हालतमा छोड्नै सक्दिन हामी संगको च्याटमा सिमा बताउछिन् । दशक पछि पहिलो गीत सार्बजनिक भए पछि धेरै शुभचिन्तकहरुले हौसला दिनु भयो, मलाई बिर्सनु भएको रहेनछ । खुशी लाग्यो – सिमा बताउछिन् ।