देशमा पछिल्लो २४ घण्टा ६९५१ जनामा कोरोना संक्रमण पुष्टि

May 28, 2021   Filed under कोभिड अपडेट >>>> Please Subscribe our Youtube Channel

देशमा पछिल्लो २४ घण्टा ६९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको पीसीआर परीक्षणमा ६८५५ जना र एन्टिजेन परीक्षणमा ९६ गरी ६९५१ मा कोरोना पुष्टि भएको हो ।

यस्तै शुक्रबार ९८४१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ९६जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।