सिजी कम्युनिकेसन प्रा.ली.ले काठमाडौं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा

June 1, 2021   Filed under ब्लग / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

सिजी कम्युनिकेसन प्रा.ली.ले मंगलबारदेखि काठमाडौं उपत्यकामा उच्च गतिको इन्टरनेट सेवा शुरुआत गरेको छ ।

यसबाट सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रवाह हुने सेवाका गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

हाल इन्टरनेट प्रदायक कम्पनीका तुलनामा सिजीको सेवा सस्तो रहेको दावी समेत गरिएको छ ।

कम्पनीद्वारा जारी विज्ञप्तिमा १२० एमबिपिएस गतिको ‘सिजी नेट’ ९ सय ९९ मा रुपैयाँमा उपलब्ध हुने जनाइएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सिजी नेट सेवाले उपभोक्ताका जीवनमा नयाँ अनुभव गराउने बताउनु भयो ।

कम्पनीले शुरुआती चरणमा इन्टरनेट सेवा शुरु गरेपनि चाँडै नै आइपिटिभी तथा अन्य सेवा ल्याउने तयारी भएको जनाएको छ ।

विज्ञप्तिमा शुरुआती चरणमा काठमाडौं उपत्यकाका तीनै जिल्लामा उपलब्ध हुने, तत्कालका लागि जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनामा क्षेत्रमा जडान हुने र एक वर्षभित्र उपत्यकाका सबै क्षेत्रमा सेवा विस्तार हुने उल्लेख छ ।